रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २२, २०८२
|
|
३ पटक हेरिएको
Shares
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन

सारांश

  • २२ साउन, काठमाडाैं ।
  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ ।
  • रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो ।

२२ साउन, काठमाडाैं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो । रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?