स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण १४, २०८२
|
|
३ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण

सारांश

  • १४ साउन, काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय तथा अस्पिताल र स्वास्थ्य संस्थाहरुसँग जग्गाको विवरण माग गरेको छ।
  • विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।

१४ साउन, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय तथा अस्पिताल र स्वास्थ्य संस्थाहरुसँग जग्गाको विवरण माग गरेको छ। विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।

मन्त्री पौडेलको निर्देशनपछि मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला तथा सेन्टरका नाममा रहेको जग्गा, जग्गा उपयोगको अवस्था, लिजमा दिएको वा नदिएको लगायतका विवरण माग गरेको हो। ‘तहाँ विभाग/केन्द्र/अस्पताल/प्रयोगशाला/सेन्टर समेतका नाममा केकति जग्गा दर्ता कायम रहेको छ? दर्ता जग्गा के कति छ? जग्गाको उपयोगको अवस्था के छ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ,

छैन? उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ? सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरी यो विवरण खुलाई पठाउनु’ मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ।मन्त्रालयले जग्गाको विवरण सात दिनभित्र पठाउनु भन्दै पत्र काटेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ