नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण ८, २०८२
|
|
४ पटक हेरिएको
Shares
नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल

सारांश

  • ८ साउन, काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताउनुभएको छ ।
  • नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

८ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताउनुभएको छ । नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताउनु भयो । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताउनु भयो । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुँदैन । तर यो बीचमा जनताको अपेक्षा र हाम्रो पोलिसीहरुको बीचमा के कन्ट्यारडिक्शन भयो, जसले ठूलो फ्रस्टेशन समाजमा पैदा हुँदै गएको छ ।

त्यसको समीक्षा गर्ने जिम्मेवारी पनि राजनीतिक दल, समाज, निजी क्षेत्र सबैको हो । किन भ्रष्टाचार दिनप्रतिदिन झन बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ । अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरु यो अराजकता के कारणले बढेको छ भन्नेकुराको समीक्षा हुन जरुरी छ ।’अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताउनु भयो । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?