जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी

सारांश

  • ६ साउन, काठमाडौं ।
  •   कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताउनुभएको छ ।
  • नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

६ साउन, काठमाडौं । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताउनु भयो ।

उहाँले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताउनु भयो । मधेसमा खानेपानीको पनि हाहाकार रहेको बतउनु भयो । रोपाईं गरिएका खेतहरुमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताउनु भयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ ।

गएको शुक्रवारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरु धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?