सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

सारांश

  • २७ असार, काठमाडौं ।
  • सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।
  • सरकारसँग बिहीबार ६ बुँदे सहमति भएसँगै सुनचाँदी व्यवसायी आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।

२७ असार, काठमाडौं ।

सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । सरकारसँग बिहीबार ६ बुँदे सहमति भएसँगै सुनचाँदी व्यवसायी आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् । यसअघि उनीहरु सुन र हिरामा लगाइएको विलासिता कर खारेज हुनुपर्ने मागसहित पसल नै बन्द गरेर आन्दोलनमा होमिएका थिए । बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिबभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

व्यवसायीको मुख्य चासो यही विषयमा रहँदै आएको थियो ।  यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्।

कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ। उक्त कार्यदलले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानुनी तथा नीतिगत व्यवस्था, छिमेकी मुलुकमा लाग्ने राजस्वदरसँग सामञ्जस्य हुने गरी दर कायम गर्ने लगायत विषयमा सिफारिस गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड
काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति