राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

सारांश

  • २७ असार, काठमाडौं ।
  •   नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ।
  • राष्ट्र बैंकले बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो।

२७ असार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ। राष्ट्र बैंकले बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो। बिहीबार साँझको बैठकमा चालु आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिको कार्यान्वयनको अवस्था, मुलकको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश लगायतका विषयमा छलफल भएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,’ यो मौद्रिक नीतिको पाठमा हुने पृष्ठभूमि हो, आगामी वर्षको लागि ल्याइने मौद्रिक नीतिको खण्ड शुक्रबार विहानको बैठकमा पेश हुनेछ।’

राष्ट्र बैंकले ल्याउने यो  ५९ औं मौद्रिक नीति हो। २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भए पनि २०२३ सालदेखि मौद्रिक नीति ल्याउन थालिएको हो। आर्थिक वर्ष २०५९/६० देखि भने गर्भनरबाट मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्थाको सुरुवात भयो। नयाँ गभर्नरको रूपमा डा. विश्वप्रकाश पौडेलको यो पहिलो मौद्रिक नीति हो। पौडेलले सरकारको नीतिसँग तारतम्य हुने गरेर राष्ट्र बैंकले काम गर्ने बताउदै आएका छन्। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्छन्।यसै उदेश्य अनुसार सरकारले ल्याएको नयाँ बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई ५.५ प्रतिशत सीमामा राख्ने लक्ष्यलाई सहयोग पुग्ने गरेर मौद्रिक नीति आउने भएको छ।

यसको लागि मौद्रिक नीतिले करिब ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिनुपर्ने हुन्छ। बजेटमा घोषणा भएअनुसार नै राष्ट्र बैंकले केही समय अघि मात्रै चालु पुँजी कर्जा मापदण्ड लागु हुने अवधि एक वर्ष पछि धकेलेको छ भने समस्यामा रहेका साना ऋणीको भाका दुई वर्षलाई सार्ने सुविधा दिएको छ। मौद्रिक नीतिले पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता हटाउन प्रयास गर्ने देखिएको छ। सरकारले समस्यामा परेका  क्षेत्रलाई थप कार्यशील पुँजी (वर्किङ क्यापिटल) प्रवाह गर्ने बजेटम उल्लेख गरेको छ। यही अनुसार चालु पुँजी कर्जामा मौद्रिक नीति थप लचिलो हुन सक्ने मानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत