रवि र रास्वपालाई अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ १०, २०८२
|
|
३ पटक हेरिएको
Shares
रवि र रास्वपालाई अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड

सारांश

  • १० असार, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् ।
  • मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

१० असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् । साथै, रास्वपाका नेता कार्यकर्ताले पनि सो कुरा विस्तारै बुझ्दै जाने उनको भनाइ थियो ।‘रास्वपाका साथिहरूले एकदिन बुझ्नुहुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने । उनले आजको छलफलमा सदनमा पछिल्लो पटक देखिएको परिस्थितिबारे छलफल भएको जानकारी दिए । अहिले सदनमा भइरहेको परिस्थितिबारे पनि अलिकति चर्चा गरियो,’ प्रचण्डले भने, ‘अनि समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्नेबारे पनि सामान्य छलफल हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?