सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

Raju Yadav Raju Yadav
|
सोमबार, आषाढ ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

सारांश

  • ९ असार, सङ्खुुवासभा ।
  • सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ ।
  • सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

९ असार, सङ्खुुवासभा ।

सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो । अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्र्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो ।अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो ।  पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ । अस्पताल भवन भ्याटसहित करिब रु २७ करोड २७ लाख ८० हजार सात सय २३ मा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले बताउनुभयो । भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् । जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि लगायतका सेवा सञ्चालनमा छन् । यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहँुदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भूइँमा बिरामीको उपचार भइरहेको थियो । उक्त भवन म्याद थप गरेर हस्तान्तरण गरिएको हो । अस्पतालमा दैनिक तीन सय बढी सेवाग्राही उपचारका लागि आउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपा केन्द्रीय समितिको बैठक जारी
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु