ग्वार्को ओभरपासको आज उदघाटन हुँदै

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
ग्वार्को ओभरपासको आज उदघाटन हुँदै

सारांश

  • ६ असार, काठमाडौं ।
  • ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् ।

६ असार, काठमाडौं ।

ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ । गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए । ‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ भण्डारीले भने, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (ईपीसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो । ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

ओभरपासको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम सुरु भएको थियो । मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागले जानकारी दिएको छ । ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट ट्राफिक जाम कम हुने अपेक्षा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै