एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
सोमबार, आषाढ २, २०८२
|
|
२ पटक हेरिएको
Shares
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु

सारांश

  • २ असार, काठमाडौं ।
  •   भारतको अहमदाबादमा विहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको पनि मृत्यु भएको पुष्टि भएको छ।
  • थापा एयर इन्डियाको क्याबिन क्रू सदस्यका रूपमा कार्यरत थिइन्।

२ असार, काठमाडौं । 

भारतको अहमदाबादमा विहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको पनि मृत्यु भएको पुष्टि भएको छ। थापा एयर इन्डियाको क्याबिन क्रू सदस्यका रूपमा कार्यरत थिइन्। दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्यमध्ये उनी ‘गोर्खा क्याबिन क्रू’ की थिइन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, थापाको परिवार बिहारमा बसोबास गर्दै आएको बताइएको छ। उनले अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन् र त्यसपछि एयर होस्टेसको पेशा रोजेकी थिइन्। उक्त विमान दुर्घटनामा चालक दलका सदस्यसहित हालसम्म २४१ जनाको मृत्यु भइसकेको छ, भने एक जना मात्र जीवित उद्धार भएका छन्।

ज्यान गुमाउने चालक दलका सदस्यहरूमा क्याप्टेन सुमीत सभरवाल, रतनजीव कुन्दर, अर्पना अमोल महादिक, श्रद्धा महादेव धवन, दीपक बालासाहेक पाठक, इरफान समीर शैख, लमनुनथमी सिङगसन, सैनिता चक्रवर्ती, नानथोइ शर्मा कोङब्राइ, मैथिली मोरेश्वर पाटिल, मनिषा थापा र रोशनी राजेन्द्र सोङघारे रहेका छन्। तिनमध्ये सिङगसन र शर्मा भारतको मणिपुर राज्यका हुन् भन्ने उल्लेख भारतीय सञ्चार माध्यमहरूले गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ