भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई

सारांश

  • २८ जेठ, काठमाडौं ।
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् ।
  • बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा कांग्रेस र एमाले सँगै रहेको बताए ।

२८ जेठ, काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् । बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा कांग्रेस र एमाले सँगै रहेको बताए ।‘मिड प्वाइन्ट आइसकेको छ । माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र समाजवादीको बीचमा दुई बुँदे प्रस्ताव जुन माओवादीकै साथिहरूले ड्राफ्ट गरेर पठाउनुभएको थियो,’

भट्टराईले भने, ‘त्यसमा भावनात्मक हिसाबले त्यही ठाउँमा छौं भनेका छौं । त्यो मिड पोइन्ट हो ।’भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । तर, राजीनामा नदिने गृहमन्त्रीको अडानपछि सत्ता र विपक्षी दलहरू सहमतिको विन्दु खोज्दै निरन्तर वार्ता गरिरहेका छन् । यसैबीच, एमालेले छलफलमा भाग नलिएको र आफूहरूलाई पनि छलफलको निम्तो नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए । सोही प्रसंगमा अनलाइनखबरकर्मीले भट्टराईलाई प्रश्न गरे, ‘एमाले र रास्वपाको मिड पोइन्ट आउन बाँकी हो ?’ प्रतिप्रश्न गर्दै भट्टराईले जवाफ दिएका छन्, ‘एमाले र रास्वपा किन ? एमाले र कांग्रेस यसमा कहाँ फरक छ ?’ ‘तपाईंहरू छानबिन समितिको मागमा पछि नहट्ने, उहाँहरू छानबिन समिति नभइ नहुने ?,’ भट्टराईलाई अर्को प्रश्न तेर्सियो ।

त्यसमा पनि प्रतिप्रश्न गर्दै भट्टराईले भने, ‘कांग्रेस र एमाले कहाँ भिन्न छ यसमा ?’ ‘संयन्त्रको विषयमा तपाईंहरू छलफलमै पछि हट्नु भयो भन्ने छ नि ?’ भट्टराईलाई सोधिएको थियो । उनले जवाफका क्रममा भनेका छन्, ‘छलफल गरिरहेका छौं । तपाईंले देख्नुभएन । तपाईंले लेख्नुभयो । तपाईंले मलाई नसोधि लेख्नुभयो । यसमा मेरो के दोष छ ? एमालेले के गर्दैछ भनेर सोधेर त लेख्नुभएन नि ।’ अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने उनले बताए । त्यसपछि भट्टराईले एमालेबारे लेख्नुअघि सोधेर मात्र लेख्न आग्रह गरे । ‘एमालेको बारेमा केही लेख्नु छ भने हामीलाई सोधेर लेख्नुहोला । एमालेको बारेमा सोध्नु छ भने सोधेर लेख्नुहोला,’ भट्टराईले भनेका छन्, ‘एमाले र कांग्रेसलाई कहीँ अम्लो घुसार्न सकिन्छ कि भन्ने नसोच्नुहोला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,