१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ

Raju Yadav Raju Yadav
|
मंगलबार, जेठ २७, २०८२
|
|
३ पटक हेरिएको
Shares
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ

सारांश

  • २७ जेठ, काठमाडौं ।
  • पढ्न विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ ।

२७ जेठ, काठमाडौं ।।

पढ्न विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएको नेपाल राष्ट्र बैंकले मंगलबार (जेठ २७) सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?