माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
सारांश
- २२ जेठ, विराटनगर ।
- पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मित बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
- पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्वप्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२२ जेठ, विराटनगर ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मित बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा

किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्वप्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दायर भएको छ। पार्टी कार्यक्रमको लागि रौतहट पुगेका नेपाल मुद्दा दायर भएको जानकारी पाएलगत्तै काठमाडौँ फर्किएका हुन्। उनी फर्किएलगत्तै पार्टी बैठक बसेको छ।


प्रतिक्रिया