ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

सारांश

  •   ८ जेठ, एथेन्स ।
  • ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.
  • १ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

८ जेठ, एथेन्स ।

ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको यूएसजीएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ ।

ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूबीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ । यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा ठूलाे क्षति पुर्‍याएको छैन । अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् । तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च