बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ ७, २०८२
|
|
१ पटक हेरिएको
Shares
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

सारांश

  •   ७ जेठ, झापा ।
  •   सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
  • सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

७ जेठ, झापा । 

सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताउनुभयो । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो । बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताउनुभयो । विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो । कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै