मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ

सारांश

  •   ५ जेठ, काठमाडौं ।
  • मादक पदार्थ र लागु पदार्थ सेवन गरी प्याराग्लाइडिङ गर्न गएको आरोपमा कास्की प्रहरीले एक जना पाइलट पक्राउ गरेको छ ।
  •   प्याराग्लाइडिङ उडान गर्न तोकिएको पोखरा– २४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ पाइलट विशालबहादुर क्षेत्रीलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

 

५ जेठ, काठमाडौं ।

मादक पदार्थ र लागु पदार्थ सेवन गरी प्याराग्लाइडिङ गर्न गएको आरोपमा कास्की प्रहरीले एक जना पाइलट पक्राउ गरेको छ ।  प्याराग्लाइडिङ उडान गर्न तोकिएको पोखरा– २४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ पाइलट विशालबहादुर क्षेत्रीलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।  ‘प्याराग्लाइडिङ पाइलटले मापसे र लापसे गर्छन् भनेर हामीलाई गोप्य सूचना प्राप्त भएको थियो,’ उनले भने, ‘आज प्याराग्लाइडिङ उडान गर्न गएका पाइलटहरूमा परीक्षण गर्दा एक जनाले दुबै पदार्थ सेवन गरेको भेटियो।’

पक्राउ परेका पाइलट क्षेत्री पोखरा– २४ का बासिन्दा हुन्। उनीविरूद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरेर मुद्दा अघि बढाउने डिएसपी ओलियाले बताए।  पोखराको पर्यटनमा प्याराग्लाइडिङमा पर्यटकको आकर्षण रहेको भन्दै उनले मादक पदार्थ र लागुऔषध सेवन गरेर प्याराग्लाइडिङ नगर्न पनि आग्रह गरे। पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन प्रहरीले छड्के चेकजाँच राखेको उनले बताए । सोमबार प्याराग्लाइडिङ उडाउन गएका ३९ जना पाइलटको मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरिएको थियो भने १५ जनाको लागुऔषध सेवन सम्बन्धी परीक्षण गरिएको थियो। परीक्षणमा एक जनाले मात्र दुबै पदार्थ सेवन गरेको भेटिएको हो।

कास्की प्रहरी प्रमुख एसपी ओलिया, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी लगायतका टोलीले प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे परीक्षण गरेका थिए। मादक पदार्थ र लागु पदार्थ सेवन गरेर प्याराग्लाइडिङ गर्नु गैरकानुनी मात्र नभएर पर्यटन क्षेत्रलाई नै नकारात्मक असर पार्न सक्ने एसपी ओलियाले बताए। ‘प्याराग्लाइडिङ गर्न आउने पर्यटकले नै पाइलटले लागु पदार्थ र मादक पदार्थ सेवन गरेको भनेर रिपोर्ट गरेका छन्, यसले पोखराको पर्यटनलाई नै नकारात्मक असर पार्छ,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?