सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  •   सरकारले हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव सहित भूमि सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।
  • मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयले संसद सचिवालयमा  विधेयक दर्ता गरेको हो ।

 

२३ वैशाख, काठमाडौं । 

सरकारले हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव सहित भूमि सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयले संसद सचिवालयमा  विधेयक दर्ता गरेको हो । विधेयकले घरजग्गा व्यवसायीलाई सहज हुनेगरी कानुन प्रस्ताव गरेको छ ।

प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ । प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो । जसमा भनिएको छ,’ ‘घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने ।’

घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा खरिद गर्न सक्ने तर बेचविखन गर्न सक्ने वा नसक्नेबारेको द्विविधा हटाउन यस्तो कानुन प्रस्ताव गरिएको सरकारको प्रस्टिकरण छ । यस्तो व्यवस्था सहित सरकारले यसअघि अध्यादेश समेत ल्याएको थियो ।  भूमी अध्यादेश फिर्ता लिनुपर्ने अडान जनता समाजवादी पार्टीले लिएपछि सरकारले अध्यादेश निष्क्रिय बनाउँदै विधेयक अघि सारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?