स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३ पटक हेरिएको
Shares
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
  • मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

 

२३ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो’, उनले भने। उनले संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवाभावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास व्यक्त गरे। हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु हाम्रा लागि खुसीको विषय भएको उनको भनाइ थियो।

‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने। उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आम नागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुशीको विषय हो भन्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे।

साथै, १३५ वर्षको लामो यात्रा पूरा गर्दै एक साधारण अस्पतालबाट आज एउटा प्रतिष्ठानको रुपमा स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रको महत्वपूर्ण आधार बन्नु खुसीको विषय भएको उनको भनाइ थियो। राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालको रुपमा यसले चिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे। सो कार्यक्रममा प्रा. डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
बलात्कारको आरोपमा एक युवक पक्राउ
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी