प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १७, २०८२
|
|
३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक

सारांश

  •   १७ वैशाख, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्।
  • प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

१७ वैशाख, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन् । स्रोतका अनुसार बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ । विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन ।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिको बैठकमा छलफल चलिरहेको छ । जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आशावादी र जनतासँग प्रत्यक्ष जोडिने गरी ल्याउने तयारीमा अर्थमन्त्रीसहितको टीम लागि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले वैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराए।सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेको प्राथमिकता तथा सिद्धान्त पेस गर्ने संसद सचिवालयले जनाएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२ / ८३ बजेट प्रस्तुत गर्नेेछन् । बजेट जेठ १५ गते प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्रीले पेस गरेको बजेट पारित भएपछि साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?