बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१ पटक हेरिएको
Shares
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

सारांश

  •   काठमाडौं : बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखाको गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन्।
  • उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

 

काठमाडौं : बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखाको गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो।   पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?