Press 4K
शनिबार, २१ चैत्र २०८२, २० : १४ : १३

कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

Raju Yadav Raju Yadav
|
शनिबार, बैशाख १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

सारांश

  •   १३ वैशाख, बागमती,   मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् ।
  • कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
  • कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ ।

 

१३ वैशाख, बागमती,  

मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् । कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् । कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ ।

कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् । कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउँदा समाजमा पुनःस्थापित हुन समेत सहज हुने कैदी जयराम रुम्बाले बताउनुभयो । “अदालतबाट जेल सजाय पाएपछि जीवन नै सकियो भनेजस्तो लागेको थियो”, मकवानपुरका रुम्बाले भन्नुभयो, “तर जेलमा आएर गलैँचा बनाउने सीप सिकेपछि फेरि समाजमा इमान्दारीपूर्वक काम गरेर जीवन बिताउन सकिन्छ भन्ने आशा जागेको छ ।” उहाँले गलैँचा बनाएर महिनाको १६ हजारसम्म कमाइरहनु भएको छ ।

यो कमाईले उहाँलाई पकेट खर्च चलाउन समस्या छैन । रुम्बासँगै कारागारको १ नम्बर ब्लकमा रहेका भक्तबहादुर गुरुङले पनि विगत चार वर्षदेखि कारागारभित्रै गलैँचा बनाएर आम्दानी गर्दै आउनुभएको छ । “कम्पनीले कारागार व्यवस्थापनमार्फत गलैँचा बनाउन अडर पठाउँछ, त्यसपछि हामी तयार पारेर कम्पनीलाई दिन्छौँ”, गुरुङले भन्नुभयो, “हामी २०÷२५ जना गलैँचा बनाउन सिकेका छौँ, हामीले बनाएको गलैँचा स्तरीय भएकाले बढी अडर आउने गर्छ ।” दुई हजार कैदीबन्दी राख्ने क्षमता रहेको भीमफेदी कारागारमा अहिले एक हजार २४ कैदीबन्दी छन् । सो कारागारमा लागुऔषध, जबर्जस्ती करणी, ज्यानलगायत मुद्दाका बढी कैदीबन्दी छन् । यीमध्ये धेरैले बाँसको मुढा र मैनबत्ती बनाउँदै आएका छन् । “विभिन्न मुद्दामा परेर जेल आउने र जाँदा सीप सिकेर फर्किने गरेका छन्”, कारागारभित्र बाँसको मुढा बनाउन व्यस्त सीताराम महतोले भन्नुभयो, “जेल सुध्रिने ठाउँ मात्र होइन, गर्नेहरूका लागि सीप सिकेर आयआर्जन गर्ने ठाउँका रूपमा विकास भइरहेको छ ।”

कैदीबन्दीलाई कारागारभित्र सुधार्नका साथै सीपमूलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको कारागारका कैदी जलबहादुर गुरुङको कथन छ । “कारागारमा रहेका अधिकांश कैदीबन्दी कुनै न कुनै सीपमूलक कार्य गरेर आयआर्जन गरिरहेका छन्”, गुरुङले भन्नुभयो, “यहाँ रोजगार गरेर कमाउँछुभन्दा कमाउन सक्ने ठाउँ पनि हो ।” कैदीबन्दीको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुढा र मैनबत्ती बनाउनु दैनिकीजस्तै भइरहेको कैदीबन्दीको भनाइ छ । भीमफेदी कारागारका प्रमुख जेलर सुवास पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २५० जना गलैँचा, १५० जना मुढा बनाउने र ५० जना मैनबत्ती बनाउन र पाँच जना पोते बनाएर कारागारभित्रै आयआर्जन गर्दै आएका छन् । कैदीबन्दीलाई सीप विकास गर्नसके राज्यको आर्थिक भारमा समेतमा सहुलियत हुने प्रमुख जेलर पौडेलले बताउनुभयो ।

“सरकारले पनि जेल सजाय भोगिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउनुपर्छ भन्ने मान्यता राखेको छ”, प्रमुख जेलर पौडेलले भन्नुभयो, “सरकारको त्यही मान्यताअनुरूप कारागारभित्रै कैदीबन्दीलाई सीपमूलक काम सिकाएर आम्दानीको स्रोत पहिल्याई दिएका हौँ ।” यसबाट कैदीबन्दीलाई कारागारमा रहँदा समय बिताउन समस्या पनि नहुने र आयआर्जन समेत गर्न सकिने र पछि फर्किएर समाजमा पनि सहजरुपमै जीवनयापन गर्न सकिने प्रमुख जेलर पौडेलको भनाइ छ । कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कैदीबन्दीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
आईपीएलः मुम्बई र गुजरात प्रतिस्पर्धा गर्दै
आईपीएलः मुम्बई र गुजरात प्रतिस्पर्धा गर्दै
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...