एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ ।
  • पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।

१२ वैशाख, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए । ‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् ।

केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’ तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउन नसक्ने उनले बताए । ‘तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,’ उनले भने, ‘यो कुरा संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ