कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती

Raju Yadav Raju Yadav
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती

सारांश

  •   ११ वैशाख, काठमाडौं ।
  • भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ ।
  • मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो ।

११ वैशाख, काठमाडौं ।

भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो ।सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् ।

बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी दिए ।बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो । निवासमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी घाट पुर्‍याइएको थियो । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

छिमेकी अमृत भुसालका अनुसार, सुदीपले पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका थिए, त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । ‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने युवाको मृत्युले अहिले बुटवल शोकाकुल भएको उनी बताउँछन् । शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर सुनेका थिए । आमा, बहिनी र ज्वाइँसँग कश्मिर घुम्न गएका सुदीप मंगलबार दिउँसो आंकवादी हमलामा परेका थिए । आमा, बहिनी र ज्वाइँ भने जोगिन सफल भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार