१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ

सारांश

  •   ९ वैशाख, काठमाडौं ।
  • राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको छ ।

 

९ वैशाख, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको छ ।

विगत २१ दिनदेखि काठमाडौंमा आन्दोलन जारी रहेको भन्दै महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूला आग्रह समेत गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को केन्द्र तोकिएका विद्यालयका केन्द्राध्यक्षहरूलाई काठमाडौं केन्द्रित सडक आन्दोलमा आउन आह्वान समेत गरेको छ । बोर्डले शिक्षक–कर्मचारी सहभागिता नभए पनि कक्षा १२ को परीक्षा ११ वैशाखदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको बोर्ड बैठकले सबै संयन्त्र प्रयोग गरेर तोकिएकै समयमा परीक्षा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?