भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
३ पटक हेरिएको
Shares
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ

सारांश

  • ५ वैशाख, काठमाडौँ ।
  •   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताउनुभएको छ ।
  • राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्र्घष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उहाँले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

५ वैशाख, काठमाडौँ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताउनुभएको छ । राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्र्घष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उहाँले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गर्नुभयो ।

“हालसम्म मुक्त घोषणा गरिएका जति पनि समुदाय छन् तिनका अधिकारका लागि सरकार संवेदनशील छ, तर विशेष व्यवस्थासहित समस्या समाधान गर्न सकिने अवस्था छैन । त्यसैले यहाँहरू सबैले आयोगको प्रक्रियाबाट आउनु आवश्यक छ, त्यसमा मन्त्रालयले आवश्यक सहजीकरण गर्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक सरोकार भएका निकाय र समूहसँग छलफल गरी अन्य कुनै निष्कर्षमा पुग्नेबारे बहस गर्नेछौँ, त्यसका लागि पनि मन्त्रालय तयार छ ।” सङ्घर्ष समितिका प्रतिनिधिहरूले सरकारले तत्कालीन अवस्थामा आन्दोलनकारीसँग गरेका सहमतिअनुसार समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभएको थियो । “विभिन्न समयमा भएका आन्दोलनपछि सरकारले मुक्तिको घोषणा गरेको थियो ।

सरकार आफैँले दुई प्रतिशत मुक्तकमैया र आठ प्रतिशत हलियाको समस्या समाधान हुन बाँकी छ भनेर स्वीकारेको छ । मुक्त हरवाचरवा पुनःस्थापनाको काम सुरु भएको छैन । मुक्त कम्लहरीको समस्या उस्तै छ । त्यसैले यी सबै समस्या नयाँ ढङ्ले समाधान गरिनुपर्छ”, वक्ताहरूको भनाइ थियो । सरकारले विसं २०५७ साउन २ गते कमैया, विसं २०६५ भदौ २१ गतेको हलिया, विसं २०७० साउन ३ गते कम्लरी र विसं २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली शान्ति सैनिकको अदलीबदली
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?