बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र ३१, २०८१
|
|
४ पटक हेरिएको
Shares
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

सारांश

  •   ३१ चैतः  दमौली (तनहुँ), नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
  • पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।
  • ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

 

३१ चैतः  दमौली (तनहुँ),

नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताउनुभयो ।

यसअघि दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको सङ्ख्या बढेर दैनिक दुई हजार पुगेको उहाँले जानकारी दिनुभयो । “दुई हजार जनाले बास बस्नेसक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो दुई दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्”, उहाँले भन्नुभयो । नयाँ वर्ष लक्षित पर्यटकको आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ ।” अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा दुई हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् ।

यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र एक लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् ।” यहाँ होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालित छन् । यहाँ शनिबारदेखि स्थानीय जातका (रैथाने) खाना महोत्सव सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै हुनुहुन्छ । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छौँ । सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्नेछौँ ।”

महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा सो सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल