हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२ पटक हेरिएको
Shares
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

सारांश

  •   ३१ चैत, हेटौंडा ।
  • मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ ।
  • अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रंग दलेर मेटाइदिएका हुन् ।

३१ चैत, हेटौंडा ।

मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ । अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रंग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् ।

अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्नेमा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ । यता अस्पतालले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल भनि बोर्ड राखेको थियो । एकातिर नेपाल सरकारको लोगो र अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो रखिएपछी यस विषयमा पुनः विवाद निस्किएको हो ।

अदालतको फैसला अगावै अस्पतालले हेटौंडा अस्पताललाई प्रतिष्ठानसंग जोड्न कानुन सम्मत नहुने जानकारहरुको भनाई छ ।
समितिले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्नुपर्ने, अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग राख्दै नागरिक हस्ताक्षर अभियान, मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणलगायतको कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने