हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित

सारांश

  •   २७ चैत, काठमाडौं ।
  • काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा आज बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा तीव्र हावाहुरी, चट्याङसहितको वर्षा भइरहेको हो ।

 

२७ चैत, काठमाडौं ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा आज बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा तीव्र हावाहुरी, चट्याङसहितको वर्षा भइरहेको हो । पश्चिमी वायु, वायुमण्डलीय चक्रवात प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका धेरैजसो भूभागमा मौसम बदली भएको हो ।

आगामी केही घण्टासम्म पनि यस्तै खालको मौसम रहन सक्ने पूर्वानुमान गरिएको छ । विशेष गरी दिउँसो र साँझपख हावाहुरीसहित वर्षा र चट्याङको सम्भावना अझ बढी रहेको बताइएको छ । हावाहुरी र चट्याङसहितको वर्षाले जनजीवनमा प्रत्यक्ष असर पारेको छ । ग्रामीण भेगहरूमा हावाहुरीका कारण धेरैजसो ठाउँमा बिजुलीका पोल ढलेका, रूख ढलेर सडक अवरुद्ध भएका र सामान्य जनजीवन अस्तव्यस्त भएको स्थानीयहरू बताउँछन् । केही स्थानमा अन्न बाली नोक्सान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यता, मौसमको प्रतिकूलताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू समेत प्रभावित भएका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम एक्कासी खराब भएपछि काठमाडौंतर्फ आउँदै गरेका केही अन्तर्राष्ट्रिय उडानहरूलाई आकाशमै होल्ड गरिनु परेको छ भने केही जहाजहरूलाई अन्यत्र डाइभर्ट समेत गर्नुपरेको छ । विमानस्थलका अनुसार, भिजिबिलिटी कम भएको र हावाको वेग अत्यधिक भएका कारण सुरक्षित अवतरणमा कठिनाइ भएको हो । केही आन्तरिक उडानहरू ढिलाइ भएका छन् भने केही रद्द पनि गरिएका छन् । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आम जनतासँग सतर्क रहन अनुरोध गरेको छ । विशेष गरी चट्याङ, असिना, हावाहुरी र पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । कृषकहरूलाई विशेष सावधानी अपनाउन र घरबाहिर निस्कदा सुरक्षित स्थानमा बस्न समेत सुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
तीन दलका शीर्ष नेताबीच छलफल
तीन दलका शीर्ष नेताबीच छलफल
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा
पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा
रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै