स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३ पटक हेरिएको
Shares
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु

सारांश

  •   २९ चैत, काठमाडौँ- मकवानपुरमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
  • शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा.
  • प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।

 

२९ चैत, काठमाडौँ-

मकवानपुरमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा. प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।

स्कुटरको टक्करबाट घाइते भएका वृद्धलाई नयाँ मेडिकल कलेज भरतपुरमा पुर्‍याइएको थियो।बस्ताकोटीको उपचार क्रममा राति पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा स्कुटर चालक २७ वर्षीय सन्दीप थापा पनि घाइते छन्। उनको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?