राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२ पटक हेरिएको
Shares
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती

सारांश

  •   २८ चैत, रौतहट ।
  • रौतहटको राजपुर नगरपालिकामा भएको आगलागीमा साढे १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, सोही नगरपालिका ५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा बुधबार राति आगोलागी भएको हो ।

२८ चैत, रौतहट ।

रौतहटको राजपुर नगरपालिकामा भएको आगलागीमा साढे १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, सोही नगरपालिका ५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा बुधबार राति आगोलागी भएको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार मन्जर आलमले सञ्चालन गरेको बस टिकट काउन्टरमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । टिकट काउन्टरमा रहेको कुर्सी, टेवल तथा कागजपत्र जलेर नष्ट भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल वर्कसपमा क्षती पुगेको छ । आगलागीबाट वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकीलगायत १० लाख बराबरको क्षति पुगेको उनको भनाइ छ ।

नजिककै रहेको पान पसलमा समेत आगोलागी हुँदा एक लाख बराबरको क्षती भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।  आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ प्रहरी टोलि घटना स्थलमा पुगेको थियोे । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह
जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,