वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

सारांश

  • २० चैत, काठमाडौं ।
  • काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ ।
  • हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो ।

२० चैत, काठमाडौं ।

काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो ।

इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ । त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्थानको लाहोर छ । त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?