मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

सारांश

  •   १९चैत,जनकपुर ।
  •   मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् ।
  •   आज प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिन् ।

१९चैत,जनकपुर । 

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् ।  आज प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिन् ।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका यी विधेयक प्रदेश विकासका लागि महत्त्वपूर्ण मानिएको छ । मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मधेस प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीति तथा योजना तय गर्नेछ ।  त्यसै गरी, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशभर कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिकीकरण तथा कृषकको हित संरक्षण गर्ने कानुनी आधार तयार गर्नेछ ।

प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमा बाल अधिकार संरक्षणलाई अझ प्रभावकारी बनाउनका लागि यस ऐनमा संशोधन गरिएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवका अनुसार यी विधेयकको कार्यान्वयनबाट मधेस प्रदेशको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने