कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र १८, २०८१
|
|
२ पटक हेरिएको
Shares
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।
  • प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एक जना कर्मचारीको विषयमा संसद् अवरुद्ध गर्न नहुने’ बताए ।
  • उनले कर्मचारीको विषयमा संसदीय छलफल गर्नुभन्दा कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने जिकिर गरे ।

१८ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एक जना कर्मचारीको विषयमा संसद् अवरुद्ध गर्न नहुने’ बताए । उनले कर्मचारीको विषयमा संसदीय छलफल गर्नुभन्दा कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने जिकिर गरे ।

उनले  कुनै कर्मचारीले विभागीय मन्त्रीप्रति वा कानुनप्रति ‘लोयल्टी’ नराखेको अवस्थामा सरुवा, जगेडामा राख्ने वा पदमुक्त गर्ने सम्मका कारबाही हुनसक्ने र यस्तो प्रक्रिया यस सरकारले मात्र नभई अघिल्ला सरकारहरूले पनि अपनाएको बताए । “केहिदिन यता संसद् अवरुद्ध छ । सुशासन र यसमा कम्प्रमाइज भएको विषय प्रश्न उठ्नु स्वाभाविक छ । तर, अहिले विषय सामान्य छ । एक जना कर्मचारी को विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध गर्दा संसदीय कार्यमा बाधा पुगेको छ,” प्रधानमन्त्रीले भने ।

उनले कर्मचारीको कार्यसम्पादन परीक्षण गर्ने स्थान संसद् नभएको स्पष्ट पारे । “राष्ट्रसेवक कर्मचारीको गुण दोष परीक्षण गर्ने ठाउँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्ने पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने यसै सदनले निर्धारण गरेको छ,” उनले भने । प्रधानमन्त्री ओलीले घिसिङको विषय हाल अदालतमा विचाराधीन रहेको भन्दै यस विषयमा थप छलफल गर्न विधिसम्मत् नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू
शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

तपाईंले छुटाउनुभयो कि?