स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

सारांश

  •   १७ चैत, काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।
  • क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा.
  • कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए ।

१७ चैत, काठमाडौँ —

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा. कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए ।

उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो ।यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी संगठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो । क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी संघबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश

कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा छ हजार १४६ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने