वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात

सारांश

  •   १४ चैतः वीरगञ्ज  ।
  •   वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।
  • गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् ।

 

१४ चैतः वीरगञ्ज  । 

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।


वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको आठ महिनामा रु एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने रु एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।


यो नाका हुँदै चालु आवको आठ महिनामा रु २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ रु पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो । चालु आवको आठ महिनामा रु २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा रु २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो ।


चालु आवको आठ महिनामा रु २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आवमा रु १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा रु ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन् । गत आवको सोही अवधिमा रु १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ