इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
३ पटक हेरिएको
Shares
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा

सारांश

  •   १३ चैत, काठमाडौं ।
  • सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
  • सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

१३ चैत, काठमाडौं ।

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगोलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो ।

आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भने, ‘हामीले प्लाजाका सबै कोठा कोठामा हेर्‍यौं, कतैपनि आगो भेटिएको छैन ।’ प्लाजाको चौथो तलामा आगलागी भएको थियो । सोही प्लाजाको सातौं तलामा फसेका ११ जनाको उद्धार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

३ जना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको उनले बताए ।

यी हुन उद्धार गरिएका व्यक्तिहरूः

भोजपुर आमचोक बस्ने बर्ष २३ कि मेरिका राई ।
–कैलाली बस्ने बर्ष २६ कि लक्ष्मी श्रेष्ठ ।
–सुनसरी बराहक्षेत्र ५ बस्ने बर्ष २६ को बिजय धामी ।
–काभ्रेका नखुलेको बिष्णु तामाङ (उमेर खुल्न बाँकी)
– बंगलादेशका नागरिक D JAY (उमेर खुल्न बाँकी)
–धनुषा कमला ९ बस्ने बर्ष ४४ को संजय जैसवाल ।
–मोरङ बिराटनगर १५ बस्ने बर्ष २४ कि दिया राय ।
–मोरङ बिराटनगर १५ बस्ने बर्ष २८ को विशाल सिंह ।
–सुनसरी रामधुनि ७ बस्ने बर्ष २४ को आशिष चौधरी ।
अन्य २ जनाको खुल्न पहिचान खुल्न बाँकी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
आज यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना
आज यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना
शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता
शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा