सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : ओली

सारांश

  • १२ चैत, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् ।
  • मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए ।

१२ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए ।
उनले भने, ‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरुमा पनि प्रविधिको विकास गरेर कसरी धेरै भन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो । विरोधीहरु लाग्छन् ।’ यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए । उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्न । हामीले देशको विकास गर्नु छ ।

अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौ । हामी आफ्ना विषयमा केन्द्रीत हुन्छौ आफ्ना काममा केन्द्रीत हुन्छौ र आफ्नो देश विकासको लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ ।’ पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने