चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन

सारांश

  • १२ चैत, काठमाडौँ ।
  • हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।
  • यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो ।

१२ चैत, काठमाडौँ ।

हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ रु छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु एक करोड २५ लाख ५० हजार सङ्कलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
विपक्षी दलका नेताहरूको बैठक बानेश्वरमा जारी
विपक्षी दलका नेताहरूको बैठक बानेश्वरमा जारी
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने