सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
४ पटक हेरिएको
Shares
सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल विजयी

सारांश

  • ६ चैत, सर्लाही।
  • सर्लाही क्याम्पस मलंगवामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुजित यादव अध्यक्षमा निर्वाचित भएका छन्।
  • बुधबार सम्पन्न मतगणनामा यादवले ६२४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

६ चैत, सर्लाही।

सर्लाही क्याम्पस मलंगवामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुजित यादव अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतगणनामा यादवले ६२४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका कृष्णकुमार यादवले ३९५ मत प्राप्त गरेका थिए।

निर्वाचनमा अन्य पदाधिकारी र सदस्यहरू पनि सुजित यादवकै प्यानलबाट विजयी भएका छन्। सचिव पदमा रौशन कुमार यादव ६०० मतसहित विजयी हुँदा अनेरास्ववियुका चन्दन महतो ४०६ मतमा सीमित भए। कोषाध्यक्ष पदमा नितु कुमारी ५८० मतसहित निर्वाचित भइन्। सर्लाही क्याम्पसमा कुल ३,२४९ मतदातामध्ये १,३६७ मत खसेको थियो। निर्वाचनले विद्यार्थीहरूको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ