उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या

Raju Yadav Raju Yadav
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या

सारांश

  •   २१ फागुन, हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ।
  • ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो।
  • त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए।

 

२१ फागुन, हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ। ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो। त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए।

असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन्। त्रियुगा–१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबबेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताइन्। बुद्धचोक क्षेत्रका अहिले झण्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबबेल सुकेका छन्।

त्रियुगा–१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुङ्गानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबबेल सुक्न थालेका हुन्। सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उनको भनाइ छ। त्रियुगा–२ खैजनपुर क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि ट्युुबबेलमा पानी सुक्न थालेपछि समस्या भइरहेको रेखा राजधामीले बताइन्। मोथ्याइका कल मिस्त्री देवलाल चौधरीले भने, ‘यस पटक पुस, माघमा एक दुई पटक पनि वर्षा भएन, यही कारण जमिनमुनि पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेको छ।

बीस–बाइसफिट गहिराइमा गाडेका सबै ट्युबबेल, कलहरू सुकिसकेका छन्, अब ठूलो वर्षा नभएसम्म यी ट्युबबेलबाट पानी आउँदैन।’ अहिले त्रियुगाका अधिकांश गाउँमा करिब तीन सयभन्दा बढी कल तथा ट्युबबेल सुकेपछि पिउने पानीको समस्या हुन थालेको हो। कल तथा ट्युबबेलबाट पानी आउन छाडेपछि कतिपय स्थानीय गाउँटोल नजिक रहेका इनारबाट पानी उपभोग गर्न थालेका लक्ष्मीपुरका सीताराम चौधरीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
१० किलो गाँजासहित तीन भारतीय पक्राउ
१० किलो गाँजासहित तीन भारतीय पक्राउ
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे