सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सारांश
- १६ फागुन, काठमाडौं : आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्।
- यो खेलमा जित्ने टोली सेमिफाइनल पुग्नेछ।
- हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ।

१६ फागुन, काठमाडौं : आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्। यो खेलमा जित्ने टोली सेमिफाइनल पुग्नेछ।हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठूलो अन्तरको हारको आश गर्नुपर्ने छ। जुन असम्भवजस्तै देखिएको छ।

आज वर्षाले खेल प्रभावित हुने सम्भावना पनि रहेको छ। खेल रद्द भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ। आइसीसी प्रतियोगिताहरूमा यी दुई टोलीको खेल आकर्षणको विषय बन्दै आएको छ। समूह ‘ए’मा भारत र न्युजिल्यान्डको खेल मार्च २ मा हुनेछ भने समूह ‘बी’को अन्तिम खेल दक्षिण अफ्रिका र इङ्ल्यान्डबीच हुनेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया