काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर

सारांश

  •   १३ फागुन,  काठमाडौं ।
  • काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ।
  • अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

१३ फागुन,  काठमाडौं । काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित१७ जना घाइते भएका हुन्।उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?