सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप

Raju Yadav Raju Yadav
|
बुधबार, माघ ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप

सारांश

  •   ३० माघ, सिन्धुलीमाढी ।
  • सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुख क्यान्सर विरुद्ध प्रयोग हुने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप १४ हजार एक जनाले लगाएका छन् ।
  •   जिल्लामा माघ २२ गतेदेखि २८ गतेसम्मको सात दिने एचपिभि खोप अभियान अन्तर्गत कक्षा १० देखि कक्षा १० सम्म अध्ययनरत १३ हजार ९०९ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ९२ जना किसोरी गरी १४ हजार एक जनाले उक्त खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

३० माघ, सिन्धुलीमाढी । सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुख क्यान्सर विरुद्ध प्रयोग हुने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप १४ हजार एक जनाले लगाएका छन् ।  जिल्लामा माघ २२ गतेदेखि २८ गतेसम्मको सात दिने एचपिभि खोप अभियान अन्तर्गत कक्षा १० देखि कक्षा १० सम्म अध्ययनरत १३ हजार ९०९ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ९२ जना किसोरी गरी १४ हजार एक जनाले उक्त खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा उक्त खोप १४ हजार ५०५ छात्रा र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका ११७ जना किसोरीलाई लगाउने लक्ष्य थियो । उक्त अभियान अन्तर्गत विविध कारणले छुट्न गएका ५९६ छात्रा र २५ जना किसारीलाई नजिकको स्वास्थ्य संस्था, स्थानीय तह तथा जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । एक सातासम्म सञ्चालन भएको एचपिभि खोप अभियानमा लक्ष्य अनुसार सतप्रतिशत उक्त खोप तीनपाटन गाँउपालिकामा छात्रा तथा किसोरीले लगाएका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त पालिकामा लक्ष्य अनुसार विद्यालय जाने एक हजार ५५१ जना छात्रा र विद्यालय नजाने चार जना गरी एक हजार ५५५ जनालाई एचपिभि खोप लगाउने तयारी थियो । सबैले उक्त खोप लगाएका छन् ।

जिल्लामा समग्रमा ९५ दशमलब आठ प्रतिशतले उक्त खोप लगाएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार उक्त खोप अभियानका लागि जिल्लामा २२३ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ४६२ जना स्वयंसेवक परिचालन गरिएको थियो । उहाँले भन्नुभयो, “खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका २२२ वटा विद्यालय र विद्यालयभन्दा बाहिर ८१ स्थानमा गरी ३०३ वटा खोप केन्द्र रहेको थियो ।” कार्यालयका अनुसार उक्त खोप कमलामाई नगरपालिकामा तीन हजार ६२१ जनालाई लगाउने लक्ष्य रहेकामा तीन हजार ५२५ जनाले, दुधौली नगरपालिकामा दुई हजार ९९१ जनालाई लगाउने लक्ष्य रहेकामा दुई हजार ७८९ जनाले, फिक्कल गाँउपालिकामा एक हजार १११ जनालाई लगाउने लक्ष्य रहेकामा एक हजार ३० जनाले, गोलन्जोर गाँउपालिकामा एक हजार ८५ जनालाई लगाउने लक्ष्य रहेकामा एक हजार ५९ जनाले लगाएका छन् ।

 

त्यस्तै सुनकोसी गाँउपालिकामा एक हजार ४५ जनालाई लगाउने लक्ष्य रहेकामा एक हजार २५ जनाले, घ्याङलेख गाउँपालिमा ७२९ जनालाई लगाउने लक्ष्य रहेकामा ६९७ जनाले, मरिण गाँउपालिकामा एक हजार ४७९ जनालाई लगाउने लक्ष्य रहेकामा एक हजार ३७७ जनाले र हरिहरपुरगढी गाँउपालिकामा एक हजार छ जनालाई जनालाई लगाउने लक्ष्य रहेकामा ९४४ जनाले उक्त खोप लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
राजावादीको जुलुसमा आदित्यनाथको फोटो हामीले राखेका हैनौँ: प्रधानमन्त्री ओली
राजावादीको जुलुसमा आदित्यनाथको फोटो हामीले राखेका हैनौँ: प्रधानमन्त्री ओली
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला