सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सारांश

  • २६ माघ, काठमाडौं ।
  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।
  • आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

२६ माघ, काठमाडौं ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।

उनका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो । खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ । नियन्त्रणमा आइसक्यो,’ उनले भने, ‘क्षतिको अरु विवरण आइसकेको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?