रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
३ पटक हेरिएको
Shares
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन

सारांश

  • २३ माघ, काठमाडौं ।
  • साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ ।
  • जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो ।

२३ माघ, काठमाडौं ।

साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गरे । ‘अभियोगपत्रको विषयलाई छानबिन सुरु भएको हो ।

छानबिनका लागि समिति समेत गठन गरेका छौं,’ दाहालले भने । उनका अनुसार नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । मंगलबार मात्रै रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाएको भन्दै लुईटेललाई महान्यायाधिवक्ताको कार्यालयमा सुरु गरिएको थियो । लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?