च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा

Raju Yadav Raju Yadav
|
शनिबार, माघ ५, २०८१
|
|
२ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा

सारांश

  •   काठमाडौं ।
  • भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ ।
  • च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

 

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरिएको हो । कप्तानको जिम्मेवारीमा रोहित शर्मा रहने भएका छन् । सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीको आयोजक देश पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् ।

भारतीय टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २० मा बङ्गलादेशसँग खेल्नेछ। भारतीय टोलीको दोस्रो खेल पाकिस्तानसँग २३ फेब्रुअरीमा हुनेछ । मार्च २ मा भारतीय टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्नेछ । भारतीय टोलीले दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । तर, सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो । भारतीय टोली –

रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रविन्द्र जडेजा, हार्दिक पाण्डेय, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह । फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । चोटका कारण शमी नोभेम्बर २०२३ देखि टोलीबाट बाहिर थिए । टोलीमा ४ अलराउन्डर राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?