ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Raju Yadav Raju Yadav
|
शुक्रबार, माघ ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

सारांश

  • ४ माघ, काठमाडौं ।
  • नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ ।
  • प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

४ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?