सङ्खुवासभाको बाह्रबिसे बजारमा आगलागी, पाँच घर जले

Raju Yadav Raju Yadav
|
बुधबार, माघ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
सङ्खुवासभाको बाह्रबिसे  बजारमा आगलागी, पाँच घर जले

सारांश

  •   २ माघ, सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ६, बाह्रबिसे  बजारमा आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् ।
  • आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएकवटा र सुरेश तामाङको दुईवटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
  • उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो ।

 

२ माघ, सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ६, बाह्रबिसे  बजारमा आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएकवटा र सुरेश तामाङको दुईवटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?