धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष २६, २०८१
|
|
३ पटक हेरिएको
Shares
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने

सारांश

  •   २६ पुस,  काठमाडौं ।
  • धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ ।
  • सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याएको हो ।

२६ पुस,  काठमाडौं । धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याएको हो । संविधान दिवसको अवसर पारेर ३ असोज २०८१ देखि धरहरा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । सुरुवाती चरणमा धरहरा परिसर प्रवेश गर्न र चढ्नका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।

त्यही समयमा बुकिङका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो । पछि ९ मंसिरदेखि धरहरा परिसर घुम्न र चढ्न शुल्क लाग्ने व्यवस्था गरियो । शुल्क लाग्ने व्यवस्था गरिएपछि पहिलेको अनलाइन प्रणाली बेवारिसे जस्तै बनेको थियो । अहिले सबै सिस्टममा भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था पुनः सञ्चालनमा आएको हो । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार डिजिटल वालेट खल्ती र आईएमई पे वालेटले भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि यो सेवा सञ्चालनमा आएको छ । “हाम्रो सिस्टम परीक्षणकै चरणमा छ,” टेकपानासँग कुरा गर्दै अर्यालले भने, “अहिले दुई ओटा वालेट कम्पनी जोडिन आउनु भयो ।

सकेसम्म सबै वालेटलाई यसमा जोड्न खोजेका छौं ।” परीक्षणकै चरणमा भएकाले अत्यधिक बुकिङ आए सिस्टम डाउन हुने जोखिम छ । त्यसैले औपचारिक रूपमा सिस्टमको प्रचार नगरिएको अर्यालले सुनाए । यससँगै अब dharahara.gov.np मा गई टिकटका लागि सबै विवरण भरिसकेपछि भुक्तानीको विकल्प देखिन्छ । त्यसबाट खल्ती वा आईएमई पेमध्ये उपयुक्त माध्यम छनोट गरेर भुक्तानी गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि भुक्तानीको रसिद र क्यूआर कोड देखिन्छ । त्यही क्यूआर कोड देखाएपछि धरहरा परिसरभित्र प्रवेश गर्न पाइन्छ ।

अबको २० देखि ३० दिनभित्र धरहराका लागि भौतिक रूपमा टिकट काट्ने व्यवस्था अन्त्य गर्ने लक्ष्य रहेको अर्यालले सुनाए । “अबको २० देखि ३० दिनमा हामी क्यासलेसमा जान्छौं,” अर्यालले भने, “त्यसपछि अवलोकनकर्तालाई अहिले जस्तो टिकटका लागि लाइन लागिरहनु पर्ने झन्झट हुँदैन ।” अहिले टिकट काट्नका लागि खल्ती वा आईएमई पेलाई कुनै कमिसन तिर्नु पर्दैन । सधैं यही व्यवस्था लागू गर्नका लागि वालेट कम्पनीसँग पहल भइरहेको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक
बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता