चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष १९, २०८१
|
|
३ पटक हेरिएको
Shares
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी

सारांश

  •   १९ पुस, काठमाडौँ ।
  • कोरोनाको पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको दाबि गरिएको छ ।
  • कोरोना भाइरसजस्तै लक्षण रहेको यस नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस रहेको बताइएको छ ।

१९ पुस, काठमाडौँ । कोरोनाको पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको दाबि गरिएको छ । कोरोना भाइरसजस्तै लक्षण रहेको यस नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस रहेको बताइएको छ । यसलाई आरएनए भाइरस बताइएको छ ।

भाइरसबाट संक्रमित बिरामीहरूमा रुघाखोकी र कोरोनाको जस्तै लक्षण देखा परेको रिपोर्टमा उल्लेख छ । यसको सबैभन्दा बढी असर २ बर्ष भन्दा साना बालबालिकाहरूमा परेको बताइएको छ । चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु रहेको छ । ह्यूमन मेटान्यूमोवायरस बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोरोनाको केसहरू पनि रिपोर्ट गरिएको छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ । जसमा अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ । तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ । खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ।

यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ। ह्यूमन मेटान्यूमोवायरस भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो । एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए । तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ । यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका शिक्षककाे मृ*त्यु
हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका शिक्षककाे मृ*त्यु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु